चितवनमा गाईको मासु काट्दै गरेका ६ जना नियन्त्रणमा

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०८२, १९ : ३२
चितवनमा गाईको मासु काट्दै गरेका ६ जना नियन्त्रणमा

चितवन, खैरहनी — चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित एक केराबारीभित्र गाईको मासु काटिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

इकाई प्रहरी कार्यालय खैरहनीका मोबाइल कमाण्डर प्रना.नी उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले आज दिउँसो करिब १:५० बजे उक्त स्थानमा पुगेको थियो। घटनास्थलमा गाईको मासु काट्दै गरेको फेला परेपछि संलग्न ६ जनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस