चितवन, खैरहनी — चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित एक केराबारीभित्र गाईको मासु काटिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
इकाई प्रहरी कार्यालय खैरहनीका मोबाइल कमाण्डर प्रना.नी उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले आज दिउँसो करिब १:५० बजे उक्त स्थानमा पुगेको थियो। घटनास्थलमा गाईको मासु काट्दै गरेको फेला परेपछि संलग्न ६ जनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा
सट्टेबाजीको अवैध जालो: कानुनी बन्देजका बिच धन्दामा 'मेलबेट' र मेलबेटका नेपाली एजेन्ट
मालपोत कार्यालयमा दलाली नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन, १६ जना पक्राउ
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ