काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा आँखाको शल्यक्रिया गरिएको हो ।
वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलिले सभामुख सापकोटोको दायाँ आँखाको आज बिहान साढे १० बजे शल्यक्रिया गरेको हो । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा स्वयंले व्यहोरेको जनाइएको छ ।
शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । केही समययता उनको आँखामा समस्या देखिए पछि चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०७७, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने