काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा आँखाको शल्यक्रिया गरिएको हो ।
वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलिले सभामुख सापकोटोको दायाँ आँखाको आज बिहान साढे १० बजे शल्यक्रिया गरेको हो । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा स्वयंले व्यहोरेको जनाइएको छ ।
शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । केही समययता उनको आँखामा समस्या देखिए पछि चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०७७, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
सभामुख देवराज घिमिरे पनि पुगे ४ मन्त्रीको शपथ समारोहमा
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य- विधिको शासन र संविधानवाद बाहिर जान नहुने
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल