रूपन्देही । कपिलवस्तु नगरपालिका– १ को व्यस्त चोकबजार क्षेत्रबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।
अवैध मुद्रा ओसारपसारको आशंकामा प्रहरीले विशेष निगरानी बढाएका बेला सोमबार गरिएको अपरेसनमा मायादेवी गाउँपालिका– ८, बरकुलका २१ वर्षीय अभिषेक गुप्तालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लु.१८प ८७४७ नम्बरको मोटरसाइकललाई पछ्याएको थियो। प्रहरीको निगरानी देखेपछि मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका गुप्तालाई महेन्द्रगेटनजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खोजतलासीका क्रममा मोटरसाइकलको सिटमुनि र डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा पाँच सय दरका २८ गड्डी भारतीय रुपैयाँ बरामद गरिएको
कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१९ किलो गाँजासहित युवक पक्राउ
७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ