काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग भोलि (बुधबार) प्रत्यक्ष अन्तरक्रिया गर्ने हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजेका लागि यो कार्यक्रम तय गरिएको छ।
अन्तरक्रियामा माननीय सांसदहरूले आ–आफ्नो क्लस्टर (समुदाय वा क्षेत्र) सँग सम्बन्धित विद्यमान समस्या, चुनौती र तिनका सम्भावित समाधानका उपायबारे प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष धारणा राख्नेछन्।
जनप्रतिनिधि र कार्यपालिकाबीचको दूरी कम गर्दै नीति निर्माण र कार्यान्वयनको प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन यो संवाद आयोजना गरिएको हो। प्रधानमन्त्रीको यो कदमलाई सुशासन, जवाफदेहिता र जनमुखी शासन प्रणाली सुदृढ गर्ने एउटा महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, २१ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र
विश्वविद्यालय र अस्पतालबाट दलीय संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री बालेनकी पत्नीको १९० तोला गरगहना
प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता
प्रधानमन्त्री बालेन सिंहदरबारमा
चन्द्र भण्डारीले दिए प्रधानमन्त्री बालेनलाई बधाई