काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । मंगलबार नयाँ वर्षको शुभारम्भको अवसरमा सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन्।
प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा संस्कृत श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥’ उद्धृत गर्दै संसारका सबै प्राणीको सुख र निरोगिताको प्रार्थना गरेका छन् । उनले भनेका छन्, “हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् । सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् ।”
नयाँ वर्षले नेपाली समाजमा सकारात्मक ऊर्जा र आपसी सद्भाव थप प्रगाढ बनाउने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् । उनले आफ्नो सन्देशमार्फत समृद्ध नेपाल निर्माणका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
बजेट प्रस्तुतपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता