काठमाडौं । कांग्रेसमा संसदीय दलका नेता चयनमा विवाद थप चुलिएको छ । पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माकै वीचमा दल नेता कसलाई बनाउने भन्ने छनोटमा फरक फरक नेता रोजाईमा परेपछि थप विषय पेचिलो बनेको छ ।
कांग्रेसमा प्रतिनिधिसभामा ३८ सांसद छन् । झण्डै दुई तिहाईको रास्वपाको सरकार, ठूलो दल रहेको बेला कांग्रेस संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेता समेत कांग्रेसको हुने र संवैधानिक परिषद्का सदस्य समेत हुने भएकाले कांग्रेसमा दल नेता बन्न नेताहरुका बीचमा रस्साकस्सी छ ।
अनुभव र सिनियरका रुपमा नेता अर्जुननरसिंह केसीले आकांक्षा राखेका थिए । तर उनी सभापति गगन थापाका ससुरा बा पनि हुन् । तर केसीलाई दल नेता बनाउँदा आफुलाई ससुरा बालाई नेता बनाएको आरोप लाग्ने देखेपछि गगन पन्छिन र ससुरा बा लाई फकाउन अनेक कोसिसमा लागेका छन् । उनले अर्जुननरसिंह केसीलाइृ फकाउन उपसभापति पुष्पा भुषालको नेतृत्वमा महामन्त्रीद्दय प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रवक्ता देवराज चालिसे लाई दूतका रुपमा पठाएका थिए । तर पनि केसीले मानेका छैनन ।
कांग्रेसले बैशाख ४ गते दलको नेता चयन गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ । अर्जुनरासिंह केसी, भीष्मराज आङदाम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दल नेतामा आकांक्षा देखाईरहेका छन् । प्रत्यक्ष चुनाव जितेका केही युवा सांसदहरुले भने निश्कल राई, बासना थापा र योगेश गौचन थकाली लाई दल नेता बनाउनु पर्ने आवाज पनि उठिरहेको छ ।
तर दल नेता चयनमा कांग्रेसका सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माकै बीचमा पनि दल नेता कसलाई बनाउने भन्नेमा विवाद देखिएको छ । ‘पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले दल नेता कसलाई बनाउने भन्ने विषयमा फरक फरक अडानमा हुनुहुन्छ, त्यसले पनि दल नेता चयनमा ढिलाइ भएको हो’ कांग्रेसकै एक पदाधिकारीले सफलखबरसँग भने ।
सभापति थापा रसुवाका सांसद मोहन आचार्य लाई दल नेता बनाउन चाहिरहेका छन् । विश्वप्रकाश शर्मा भने भीष्मराज आङदाम्बेको पक्षमा उभिएका छन् । सेशरवहादुर देउवाको टिमबाट आङदाम्बे अहिले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पक्षमा संसदमै दरिलो रुपमा उभिएकोले उनलाइृ दल नेता बनाएर सन्देश दिनुपर्ने पक्षमा विश्वप्रकाश देखिएका छन् ।
गगन र विश्वले आ(आफ्नो दाबी कायम राखेका कारण पनि निर्णय लिन नसकिरहेको हो । आफुलाइृ दल नेता बन्न रोक्न आफ्नै जवई गगन देखि कांग्रेसका अहिलेको विशेष महाधिवेशन पक्षधर नेतासम्म लागेको र गगन र विश्वप्रकाशकै बीचमा पनि आ आफनो रजाई रहेको देखेपछि अर्जुनरनसिंह केसी दल नेतामा चुनाव गरेर विवादका बीच जीत निकाल्ने योजनामा जुटेका देखिन्छन् ।
शेखर कोइराला पक्ष र शेरवहादुर देउवा पक्षले पनि दल नेतामा आ आफना लाई अगडाी बढाउन खोज्ने देखेपछि केसी यो त्रिकोणात्मक शक्ति संर्घषमा बीचबाट उम्किने उपायको खोजीमा जुटिरहेका देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने
कांग्रेसले बहिष्कार गर्यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक