Safal Khabar - कलेज अगाडि बोराभित्र शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
बिहिबार, २९ साउन २०७७ (Thursday, 13 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
कलेज अगाडि बोराभित्र शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
मङ्गलबार, २३ असार २०७७, १४ : १८
कलेज अगाडि बोराभित्र शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १० को मैयाँदेवी कन्या कलेजअगाडि बोराभित्र बाँधेको अवस्थामा शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बोराभित्र शव फेला परेको पुष्टि गरे । उनले जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली शव भएको स्थान पुगिसकेको जानकारी दिए । उनले भने, ‘प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।’ 

प्रहरीले बोराभित्र शव भएको हुनाले कसैले हत्या गरेर फालेको अनुमान गरेको छ । 

Yeti Diistillery
Tansen Cement box

प्रतिक्रिया दिनुहोस