कैलाली । कञ्चनपुरमा जलेको अवस्थामा शव फेला परेको छ ।
जिल्लाको बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
उनका अनुसार बेल्डाडी गाउँपालिका ३ का अन्दाजी ५० वर्षका हरिकिसन रानाको शव सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा भेटिएको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता