बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको सेनाको गाडी नै पहिरोमा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा ३ जना घाइते भएका छन् ।
शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।
पहिरोले घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा परेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०७७, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा