धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी

सफल खबर संवाददाता

आइतबार, १९ असोज २०८२, ०८ : ५०
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी

काठमाडौ । अविरल वर्षासँगै धादिङमा पृथ्वीराजमार्गका चार स्थानमा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ। जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनामा थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी गाउँपालिका–६ जहरेखेत र बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला क्षेत्रमा सडक माथिबाट पहिरो खसेर बाटो अवरुद्ध रहेको जनाएको छ।

सडकमा माटो र ढुंगामाटो पन्छाउने कार्य जारी रहे पनि हालसम्म सडक पूर्ण रूपमा खुल्न सकेको छैन। प्रशासनले अत्यावश्यक सेवा र काम परेको व्यक्तिहरूलाई स्थानीय सुरक्षा निकायसँग समन्वय गरी मात्र आवागमन गर्न आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको निर्णयअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट चल्ने लामो दूरीका सवारीसाधन र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारीसाधन मिति असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको छ।

प्राधिकरणको अर्को निर्णय नभएसम्म यही व्यवस्था निरन्तर रहने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस