एजेन्सी । भारतको हिमाचल प्रदेशमा पर्ने बिलासपुर जिल्लामा मंगलबार पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ। जसमा दुई बालबालिका र चार महिला पनि छन्।
बिलासपुरका प्रहरी उपरीक्षक (एसपी) सन्दीप धवलले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार, ‘निजी बसको भग्नावशेष पहाडबाट खसेको छ। नौ पुरुष, चार महिला र दुई बालबालिकासहित १५ जनाको मृत्यु भएको छ।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन्। मृत्यु भएका परिवार र घाइतेहरूका लागि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट राहत दिने घोषणा पनि गरेका छन्।
प्रधानमन्त्री कार्यालयले ट्विटरमा पोस्ट गरेको छ, ‘हिमाचल प्रदेशको बिलासपुरमा भएको दुर्घटनामा ज्यान गुमाएकामा म दुःखी छु। यस कठिन समयमा पीडित व्यक्ति र उनीहरूका परिवारप्रति मेरो समवेदना।प्रधानमन्त्री राष्ट्रिय राहत कोषले प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत प्रदान गर्नेछ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ असोज २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते