इलाम । इलाम नगरपालिका-६, घोसस्थित नवबुद्ध आदर्श टोलमा आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ।
अत्यधिक वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठुलो जनधन क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
मृतकहरूमा ४० वर्षीय अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका विराज तामाङ, १२ वर्षका समीर राई, ७-८ वर्षकी प्रिन्सिका मगर र करिब ३-४ वर्षका एक बालक रहेको इलाम नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मदन श्रेष्ठले जानकारी दिए।
नाबालकको उद्धार गरी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ। घटनामा चार जना घाइते भएका छन्।
वडाध्यक्ष श्रेष्ठका अनुसार, दसैँ भएका कारण पाहुना लाग्न आएका ६–७ जनाले भागेर ज्यान बचाएका छन्।
जसमा वृद्ध दम्पती पनि छन्। उनीहरू करिब ८० वर्ष नाघेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असोज २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध