बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमामा गएको पहिरोमा बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ । स्थानियका अनुसार अनुहार नचिनिने अवस्थामा शव भेटिएको हो ।
बेपत्ता भएका मध्ये केदारस्यु–८ मल्लेसका ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीय अस्मीता जेठाराको शव फेला परेको हो । बेपत्ता थप पाँचजनाको स्थानीयले खोजी गरिरहेका छन् । घटनास्थलमा प्रहरी भने अहिलेसम्म पुग्न सकेको छैन् ।
खोला किनार भएर जानुपर्ने र खोलामा पानीको बहाव बढी भएकाले घटनास्थलमा प्रहरी पुग्न नसकेको जिल्लाको प्रहरी कार्यालय बझाङले जनाएको छ । वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति १७ घर बगाएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा