धनगढी । बझाङको केदारस्यु गाउँपालिका–८ मेल्लेखीमा शुक्रबार राति गएको पहिरोका कारण १७ घर पुरिएको छ । स्थानियका अनुसार पहिरोमा आधा दर्जन व्यक्ति बेपत्ता भएका छन् ।
स्थानिय प्रशासनले हालसम्म घटना स्थलमा पुग्न नसके पनि १७ घर पहिरोमा पुरिएका र आधा दर्जन व्यक्ति बेपत्ता भएको सूचना आएको बताए । घटनास्थलमा परेर घाईते भएकाहरुको उद्धारका लागि हेलिकप्टर मगाउने पहल भईरहेको छ । घटनास्थल सदरमुकामबाट टाढा भएका कारण अहिले सम्म राहत उद्धार टोली पुग्न सकेका छैनन् ।
रातिको घटना घटेकाले सवै जना घर भित्रै भएको हुँदा क्षति बढी भएको हुन सक्ने बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०७७, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा