पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै पोखराको मानअधिकार चोकमा सडकजाम गरेर ओलीका समर्थकहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आन्दोलनकारीले आरोप लगाएका छन् । ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो देशभक्त प्रधानमन्त्री अरु नभएकोसमेत बताए ।
आन्दोलनका क्रममा प्रचण्डप्रति लक्षित गर्दै भारतीय दलाल मुर्दाबाद लगायतका नाराहरु लगाएका थिए । उनीहरुले धरै समय भने ‘आजलाई होइन, भोली पाँच बर्ष ओलीलाई ’ भन्ने नारा लगाएका थिए । आन्दोलनमा युवा र विद्यार्थी संगठनका कार्यकर्ताहरुको उपस्थिति बढी देखिएको थियो ।
यसअघि काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०७७, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
बयानमा ओलीलाई सोधिने प्रश्न तयार, जाँचबुझ आयोगले यस्तो प्रश्न सोध्दैछ ओलीलाई
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली