पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै पोखराको मानअधिकार चोकमा सडकजाम गरेर ओलीका समर्थकहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आन्दोलनकारीले आरोप लगाएका छन् । ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो देशभक्त प्रधानमन्त्री अरु नभएकोसमेत बताए ।
आन्दोलनका क्रममा प्रचण्डप्रति लक्षित गर्दै भारतीय दलाल मुर्दाबाद लगायतका नाराहरु लगाएका थिए । उनीहरुले धरै समय भने ‘आजलाई होइन, भोली पाँच बर्ष ओलीलाई ’ भन्ने नारा लगाएका थिए । आन्दोलनमा युवा र विद्यार्थी संगठनका कार्यकर्ताहरुको उपस्थिति बढी देखिएको थियो ।
यसअघि काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०७७, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी