काठमाडौं । सरकार ढाल्न पाइदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाईंदैन भन्दै बिहीबार युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही युवाहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
युवाहरूले सरकार ढाल्न पाइँदैन, हाम्रो समर्थन ओलीलाई जस्ता नारा लगाउँदै प्रदर्शन पनि गरे । ओलीको सरकार ढालेर अर्कोलाई प्रधानमन्त्री बनाएर देशका समस्या समाधान नहुने ती युवाहरुको भनाइ छ ।
उनीहरूले नेपालको नक्सा, झन्डा र केपी ओलीको फोटो समावेश भएको ब्यानरमा देशको मुहार हाम्रो भविष्य, हाम्रो सरकार लेखेर प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०७७, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन