नेकपाको स्थायी कमिटी बैठक सुरु, एकछिन बसेर हिँडे प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, १२ : १३
नेकपाको स्थायी कमिटी बैठक सुरु, एकछिन बसेर हिँडे प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् । ‘एकै छिन आउनुभयो, मुख देखाएर हिँड्नुभयो हामी त छक्क पर्यौ’ एक स्थायी समिति सदस्यले भने ।

दोस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले चर्को आलाचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस