काठमाडौं । नेकपाले सत्तारुढ दल रास्वपालाई आफ्नो संसदीय दलको नेतालाई संसद्प्रति जिम्मेवार बनाउन आग्रह गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परशुराम तामाङले आफ्नो दलको नेतालाई संसद् र संविधानप्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको भएको बताए ।
उनले भने, ‘हामी रास्वपाबाट त्यो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह भएको हेर्न चाहन्छौँ । जसले उहाँलाई यो संसद्को दलको नेता बनाउनुभयो र प्रधानमन्त्री बन्नुभयो, अब राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गर्ने दिन आएको छ ।’
उनले संसद्को गरिमा र इज्जत जोगाउने जिम्मा सभामुखको पनि भएको बताए । उनले प्रधानमन्त्रीलाई सदनमा बोलाउने रुलिङ गर्न समेत माग गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०८३, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ