नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओलीलाई माधवले रोक्न खोजेपछि...

पत्रपत्रिकाबाट

विहीबार, ११ असार २०७७, ०७ : १६
नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री  ओलीलाई माधवले रोक्न खोजेपछि...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको प्रारम्भमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने कार्यसूची थियो।   कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा वरिष्ठ नेता माधव नेपाल बोलेपछि भनाभन भएको छ।

बैठकमा सरकारले गरेका कामको विषयमा प्रधानमन्त्रीले धारणा राख्दै गर्दा बीचमै नेता नेपाल बोलेपछि भनाभन भएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले जानकारी दिए। पार्टी एकता जस्तो महत्वपूर्ण काम भएको, यसमा नेतृत्वले जोखिम मोलेर निर्णय गरेको, त्यसको परिणाम स्वरुप पार्टीले चुनावमा बहुमत प्राप्त गरेको र यसको सम्पूर्ण जस पार्टी नेतृत्वले लिएको भनेर ओलीले आफ्नो नेतृत्वमा भएका उपलब्धि सुनाउँदै गर्दा बीचमै नेपालले जवाफ दिएपछि भनाभन भएको हो। 

‘अरुले पनि काम गरेका छन्। अरुले गरेका काम चाहिँ देख्दै नदेख्ने रु’, प्रधानमन्त्री बोल्दाबोल्दै बीचमै नेता नेपालले भने। वरिष्ठ नेता नेपालले प्याच्च बोलेपछि प्रधानमन्त्री ओलीले जवाफ फर्काए, ‘मान्यजीले पनि बोल्न पाउनुहुन्छ। यो कुरा पनि मैले भन्नु पर्छ र, आफ्नो पालोमा बोले भइगो नि १’

ओलीको जवाफपछि नेता नेपाल केही समय शान्त भए। प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधिमा सडकलाई बालबच्चा र वृद्धवृद्धाबिहीन बनाएको, त्यहाँ कोही भोकभोकै नभएको र सडकमा खाल्डाखुल्डी नभएको दाबी गरेपछि नेता नेपाल फेरि बीचमै बोले, ‘मेरो निर्वाचन क्षेत्रको साँखु हिँड्नुहोस् । म तपाईंलाई खाल्डाखुल्डी देखाइदिन्छु।’  अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।