काठमाडौं । सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली दूतावासमा सहायक रथीको स्थानमा एक तह घटुवा गर्दै महासेनानीलाई सैनिक सहचारी पठाउने निर्णय गरेको छ ।
सैनिक सचिव विभागले जेठ २९ गते जारी गरेको सैनिक सहचारीको अन्तिम नामावलीअनुसार चीनमा महासेनानी मोहन क्षत्री, भारतमा महासेनानी रामचन्द्र खत्रीलाई चयन गरिएको छ ।
यसैगरी अमेरिकामा भूवनपूर्ण सत्याल, बंगलादेशमा रोशन जबरा, बेलायतमा रत्नबहादुर गोदार, पाकिस्तानमा अमृतकाजी गुरुङ, न्यूयोर्कमा जगदीश खड्कालाई सैनिक सल्लाहकार चयन गरिएको छ । भारत र चीनबाहेक अन्य दूतावासमा महासेनानी नै सैनिक सहचारी रहँदै आएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ असार २०७७, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह