काठमाडौं । नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको ‘अवाञ्छित गतिविधि’ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ। उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना गतिविधिलाई सक्रिय राखेको सेनाको विश्लेषण छ।
जंगीअड्डामा शुक्रबार सुरु पृतनापति बैठकमा विप्लव समूहका गतिविधिले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको सैनिक स्रोतले बताएको छ। यसका साथै कोरोना रोकथाममा सेनाले गरेको काम, सरकारले दिएका विभिन्न जिम्मेवारी पूरा गर्दा सेनालाई लगाइएका आरोपका विषयमा छलफल चलेको थियो।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पृतनापति बैठक नियमित भएको प्रतिक्रिया दिए्। ‘मुलुकको पछिल्लो सुरक्षा अवस्था, कोभिड–१९ रोकथामलगायत विषयमा छलफल जारी छ’, प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने।
विप्लव कार्यकर्ताको अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने विषयमा पनि छलफल भएको सैनिक स्रोतले बताएको छ। बैठक आइतबार सकिनेछ।
प्रहरीले उक्त समूहका ललितपुर जिल्ला सदस्य श्याम भनिने सानुराज बज्राचार्यलाई जेठ ३० गते ठूलो परिमाणको हतियार र विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको थियो। बज्राचार्य हतियार तथा विस्फोटक पदार्थ ओसारपसारमा पनि संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनले उपत्यकाका विभिन्न स्थानमा हतियार भण्डारण गरेको पाइएको छ।
उनीहरूले उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरेका हतियार तथा विस्फोटक पदार्थ बरामद भएपछि जंगीअड्डाले त्यसबाट चुनौती खडा भएको जनाएको हो। विस्फोट गराउनेजस्ता आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ असार २०७७, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
कालिकोट पुगेर विप्लवले गरे भेडा फर्म उद्घाटन
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय