काठमाडौं । आज बस्ने संघीय संसदको प्रतिनिधिसभा बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन् ।
प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । मन्त्रीहरूले जवाफ दिएपछि आजै विनियोजन विधेयक अर्थात बजेट पारित गर्ने कार्यसूची छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै खर्च गर्न सरकारलाई बाटो खुला हुनेछ ।
बैठकमा सांसदहरुले पेश गरेको २४ खर्च कटौतीका प्रस्तावहरु पनि निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् । यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०७७, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकार गठन भएपछिको पहिलो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
प्रतिनिधि सभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु