काठमाडौं । आज बस्ने संघीय संसदको प्रतिनिधिसभा बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन् ।
प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । मन्त्रीहरूले जवाफ दिएपछि आजै विनियोजन विधेयक अर्थात बजेट पारित गर्ने कार्यसूची छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै खर्च गर्न सरकारलाई बाटो खुला हुनेछ ।
बैठकमा सांसदहरुले पेश गरेको २४ खर्च कटौतीका प्रस्तावहरु पनि निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् । यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०७७, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने