काठमाडौं । सरकारले विदेशस्थित कूटनीतिक नियोगको पुनर्संरचनाको काम अलपत्र पार्दा राज्यलाई बर्सेनि करोडौं रुपैयाँ व्ययभार पर्दै आइरहेको छ । कतिपय स्थानमा दूतावासको कामै नभए पनि ती दूतावास रहिरहँदा राज्यकोषमा अनावश्यक रूपमा करोडौं रुपैयाँ व्ययभार पर्दै आइरहेको छ ।
कोभिड–१९ का कारण बढ्दो संकट निवारण गर्न सरकारले अनावश्यक दूतावास खारेज गरी करोडौं रुपैयाँ जोगाउनुपर्ने आवश्यकता बढेको छ । सरकारले मितव्ययी नीति लिए पनि ती राजदूतावास हटाउन पहल नगर्दा मितव्ययी नीतिमाथि नै प्रश्न सिर्जना भएको छ ।
परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट २१ मंसिर २०७५ मा पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले क्यानडा, स्पेन, डेनमार्क र दक्षिण अफ्रिकास्थित दूतावास हटाउन प्रस्ताव गरेको थियो । यस्तै, ब्राजिल, इजिप्ट र म्यानमारमा रहेका दूतावासको समेत काम नभएकाले ती दुतावास समेत हटाएर खर्चमा मितव्ययिता कायम गर्नुपर्ने सुझाव परराष्ट्र क्षेत्रका जानकारहरुको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ जेठ २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह