काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि तयारी रहन फोन आयो । उनलाई दूतावासले पहिलो उडानमा पठाउने सूचीमा राखेको थियो । जहाजको शुल्क नलाग्ने पनि दूतावासले बताएको थियो ।
त्यसको एकाध घण्टापछि उनलाई एयर अरेबियाका लागि टिकट बेच्ने एजेन्टको फोन आयो । उसले शुक्रबार स्थानीय समयअनुसार बिहान ११:२० बजे उडान रहेको भन्दै तुरुन्तै अल अन्सारी एक्सचेन्जमा गएर पैसा जम्मा गर्न भन्यो । दूतावासले भनेको उडान समय साँझ ६:३० थियो ।
एजेन्टले रिनालाई मात्रै होइन, दूतावासको सूचीमा परेका धैरेसँग सम्पर्क गरेको थियो । दूतावासले नेपाल पठाउन निश्चित भएको नेपालीको सूची यूएईको परराष्ट्र मन्त्रालयमार्फत एयर अरेबिया पुगेको हो । त्यही सूची हेर्दे एजेन्टले हवाई शुल्कबापत १५५० दिराम (झन्डै ४३ हजार रुपैयाँ) तिर्नुपर्ने बताएको थियो ।
यूएईको परराष्ट्र मन्त्रालयले अलपत्र परेका नेपाली कामदारलाई आफ्नै खर्चमा पठाइदिने भन्दै उडान तालिकासहितको प्रस्ताव कूटनीतिक नोटमार्फत नेपाली दूतावासलाई पठाएको थियो । यूएईले आठवटासम्म उडान गरिदिने पनि बताएको थियो । यसलाई आधार मान्दै नेपाली दूतावासले आपत्मा परेका नेपालीलाई पठाउन भन्दै यूएई सरकारको अनुरोधबमोजिम नेपालको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठायो । परराष्ट्र मन्त्रालयले सबै खर्च यूएईको भन्दै ‘इमर्जेन्सी’ उडान दिलाउन लबिइङ गर्यो ।
यसमा नेपाल वायुसेवा निगमले एउटा सर्तमा मात्रै उडान दिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई दबाब दियो । निगमको भनाइ थियो, ‘हाम्रो जहाज विमानस्थलमा थन्किएर वसेको छ । सबै खर्च यूएई सरकारकै हो भने हामीलाई आपत्ति छैन । तर रोजगारदाताले टिकटको खर्च व्यहोर्ने हो भने हाम्रो जहाजबाटै ल्याउनुपर्छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २४ जेठ २०७७, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह