दूतावासको सूची एउटा, उडे अर्कै

पत्रपत्रिकाबाट

शनिबार, २४ जेठ २०७७, ०७ : ११
दूतावासको सूची एउटा, उडे अर्कै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि तयारी रहन फोन आयो । उनलाई दूतावासले पहिलो उडानमा पठाउने सूचीमा राखेको थियो । जहाजको शुल्क नलाग्ने पनि दूतावासले बताएको थियो ।

त्यसको एकाध घण्टापछि उनलाई एयर अरेबियाका लागि टिकट बेच्ने एजेन्टको फोन आयो । उसले शुक्रबार स्थानीय समयअनुसार बिहान ११:२० बजे उडान रहेको भन्दै तुरुन्तै अल अन्सारी एक्सचेन्जमा गएर पैसा जम्मा गर्न भन्यो । दूतावासले भनेको उडान समय साँझ ६:३० थियो ।

एजेन्टले रिनालाई मात्रै होइन, दूतावासको सूचीमा परेका धैरेसँग सम्पर्क गरेको थियो । दूतावासले नेपाल पठाउन निश्चित भएको नेपालीको सूची यूएईको परराष्ट्र मन्त्रालयमार्फत एयर अरेबिया पुगेको हो । त्यही सूची हेर्दे एजेन्टले हवाई शुल्कबापत १५५० दिराम (झन्डै ४३ हजार रुपैयाँ) तिर्नुपर्ने बताएको थियो ।

यूएईको परराष्ट्र मन्त्रालयले अलपत्र परेका नेपाली कामदारलाई आफ्नै खर्चमा पठाइदिने भन्दै उडान तालिकासहितको प्रस्ताव कूटनीतिक नोटमार्फत नेपाली दूतावासलाई पठाएको थियो । यूएईले आठवटासम्म उडान गरिदिने पनि बताएको थियो । यसलाई आधार मान्दै नेपाली दूतावासले आपत्मा परेका नेपालीलाई पठाउन भन्दै यूएई सरकारको अनुरोधबमोजिम नेपालको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठायो । परराष्ट्र मन्त्रालयले सबै खर्च यूएईको भन्दै ‘इमर्जेन्सी’ उडान दिलाउन लबिइङ गर्‍यो ।

यसमा नेपाल वायुसेवा निगमले एउटा सर्तमा मात्रै उडान दिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई दबाब दियो । निगमको भनाइ थियो, ‘हाम्रो जहाज विमानस्थलमा थन्किएर वसेको छ । सबै खर्च यूएई सरकारकै हो भने हामीलाई आपत्ति छैन । तर रोजगारदाताले टिकटको खर्च व्यहोर्ने हो भने हाम्रो जहाजबाटै ल्याउनुपर्छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस