काठमाडौं । कोरोना संक्रमितको संख्या दिन प्रति दिन थपिदैं गएसँगै त्यसलाई नियन्त्रण तथा रोकथाम तर्फ ध्यान दिनुको साटो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्य सेवा विभाग आपुर्ती व्यवस्थापन महाशाखाका प्रमुखलाई सरुवा गरेको छ ।
मन्त्रालयको बिहीबार बसेको बैठकले कर्मचारीको हेरफेर गरी सरुवा गरेको छ। सरुवा हुनेहरुमा जस अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभाग आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेललाई मन्त्रालयमा सरुवा गरेको छ भने मन्त्रालयमा कार्यरत डा. दीपेन्द्र रमण सिंहलाई विभागको महानिर्देशकको रुपमा नियुक्त गरेको हो।
एक सातादेखि नै कोभिड १९ महामारीको वेला खरिद प्रक्रिया लगात अन्य कामहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई चित्त नबुझेको चर्चा चलेको थियो। मन्त्रालयले तीन महिना अघि मात्र महानिर्देशक श्रेष्ठलाई मन्त्रालयवाट बिभागमा नियुक्ति गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी बलमा १५ डिएसपीको सरुवा (सूचीसहित)
सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)
१२ प्रजिअसहित १८ सहसचिवहरूको सरुवा तथा पदस्थापन (सूचीसहित)
११ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)
६ जना सहसचिवको सरुवा