काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र सहित स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन् ।
एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा अन्य निर्णयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
उनका अनुसार एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल केन्द्रीत रहेको थियो । रावल र ज्ञवाली नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुन् ।
बजेटमा एमसीसी घुसाइएपछि नेकपाभित्र थप विवाद बढ्ने देखिएको सन्दर्भमा सचिवालय बैठक बसिरहेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०७७, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गरोस् : नेकपा
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी