काठमाडौं । बुधबार संसदको कार्यसूचिमा रहेको संविधान संसोधन प्रस्ताव एकाएक कार्यसूचिबाटै हट्यो । सरकारले नेपालको अतिक्रमित भूमि लिम्पियाधुरासम्मको भूमि समेटेर जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूचिको निशान छापमा संसोधनका लागि जेठ ९ मा संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो ।
संसदको फुल हाउसमा टेबुल हुनका लागि विधेयक परिपक्व हुन लाग्ने ५ दिनको समयावधि सकिएर बुधबार सम्भावित कार्यसूचिमा विधेयक काननुमन्त्री डा. शिवमाया तुम्वाहाम्फेले प्रस्तुत गर्ने उल्लेख थियो । तर एकाएक विधेयक संसदमा पेश नभएपछि भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओली विधेयक पेश गर्नबाट पछि हटेको जस्ता समाचार प्रकाशन तथा प्रशारण गरिरहेका छन् । देशभित्रका सञ्चारमाध्यमले प्रतिपक्ष काँग्रेसले समय माग गरेका कारण संसोधन विधेयक संसदमा पेश हुन नसकेको समाचार प्रकाशन गरे । तर काँग्रेसले नेकपा र नेकपाले काँग्रेसलाई नै आरोप प्रत्यारोप गर्ने काम मात्र भईरहे । अखिर के हो त–यो प्रकरण ?
किन सम्भावित कार्यसूचिमा अघिल्लै दिन उल्लेख भएको संसोधन विधेयक भोलिपल्टको संसद बैठकमा पेश हुन सकेन् ? यसभित्र काँग्रेस नेकपाका आ–आफनै तर्क छन् । भारतीय सञ्चारमाध्यमका आफ्नै तर्क छन् । संसदीय एजेण्डाबाट संविधान संशोधन हटाउँदा दलहरूबीच एकअर्का तर्फ औंला उठाईरहेका छन् । जबकि नेकपाले काँग्रेसलाई थप समय दिन एजेन्डा हटाइएको भन्यो भने विपक्षीले यो सत्ता पक्षले संशोधनमा ढिलाइ गरिरहेको छ ।
सत्तारुढ दलका नेताहरू र संसद सचिवालयका पदाधिकारीहरू भन्छन्, प्रमुख विपक्षी नेपाली काँग्रेसको अनुरोधमा एजेन्डा हटाइएको थियो, किनकि काँग्रेसले मंगलबारको सर्वदलीय बैठकमै केन्द्रीय कार्यसमितिको बैठकमा संशोधनबारे छलफल गर्न थप समय मागेको थियो । ‘यो सभामुखको निर्णय अनुसार हटाईएको थियो । हामीलाई भनिएको थियो कि काँग्रेसले समय माग गरेको र त्यही काँग्रेसको अनुरोधका कारण संसोधन विधेयक हटाईएको थियो,–संसद सचिवालयका एक अधिकारीले सफलखबरसँग भने ।
यद्यपि नेपाली काँग्रेस नेताहरुले भने मंगलबार नै सर्वदलीय बैठकमा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबार संसोधन विधेयक अगाडी बढ्दैन भन्ने जानकारी दिएको बताए । ‘त्यसकारण हामीलाई मंगलबार नै लागिसकेको थियो, सत्तारुढ दल नेकपाले नै बुधबार प्रस्ताव अगाडी बढाउदैंन,’ काँग्रेसका ति नेताले भने । काँग्रेसले सर्वदलीय बैठकमा समय माग गरेपछि नै संसदमा बुधबार सत्तापक्षलाई पनि संसोधन विधेयक अगाडी नबढाउनलाई सहयोग पुगेको थियो । जसका अपजस काँग्रेसले पाईरहेको छ ।
काँग्रेस केन्दीय सदस्य गगन थापा लगायतले बुधबार बिहान देउवालाई संविधान संशोधन प्रस्तावमा पार्टीको अडानबारे अवगत गराउन आग्रह गरेको थियो । हिजो दिउँसो थापाले ट्वीट गर्दै भनेका थिए,– राजनीतिक नक्शाको संवैधानिक संशोधनको पक्षमा खडा हुने पार्टी नेतृत्वको निर्णयलाई औपचारिक स्वामित्वका लागि केन्द्रीय समितिको बैठक बोलाउनु भोलि नै बोलाउनुपर्छ र फाष्ट ट्रयाकबाट पारित गरेर जानुपर्छ ।
अहिले जे भएपनि नक्सा संसोधनबाट पछाडी हट्न कुनै पनि दललाई ठाँउ छैन् । जनताको राष्ट्रिय स्वाधिनताको भावनासँग खेल्न सक्ने अवस्था छैन् । तसर्थ, पनि संविधान संसोधन केही दिन पछि धकेलिएला तर पारित नगरी नहुने प्रेसरमा दलहरु पनि उत्तिकै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा