काँग्रेसले भन्यो–नक्सा जारी गर्दैमा क्रान्तिकारी भइँदैन

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ जेठ २०७७, ०७ : ४७
काँग्रेसले भन्यो–नक्सा जारी गर्दैमा क्रान्तिकारी भइँदैन

फाईल फोटो

काठमाडौं । सुगौली सन्धिअनुसार काली नदीको उद्गम लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने कदममाथि कांग्रेस उपसभापति विमलेन्द्र निधिको अस्वाभाविक टिप्पणी आएको छ । 

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नक्सा जारी गर्नुलाई कुनै पनि नेपालीले अन्यथा मान्न नसक्ने भन्दै यत्तिकै भरमा महान् क्रान्तिकारी, राष्ट्रवादी काम गरिएको भ्रम छर्ने र उत्तेजना फैलाउने प्रयास भइरहेको आरोप लगाएको छ ।

Yeti Diistillery Tansen Cement box

‘पहिलोपटक नेपाली भूमिसमेत समावेश गरी भारतले जारी गरेको नक्सालाई लिएर प्रधानमन्त्री ओलीले गत कात्तिकमा आयोजन गर्नुभएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्न र यससँग उत्पन्न सबै विषयमा नेपाली कांग्रेसले सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।

यसको करिब आठ महिनापछि मात्र लिपुलेक, कालापानी, लिम्पियाधुरासमेत समेटिएको नक्सा सरकारले जारी गरेको छ,’ प्रतिष्ठानले भनेको छ, ‘यसलाई कुनै पनि नेपालीले अन्यथा मान्न सक्दैन । तर, नक्सा जारी गर्नासाथ महान् क्रान्तिकारी, राष्ट्रवादी काम गरिएको भ्रम छर्ने र उत्तेजना फैलाउने प्रयास भइरहेको छ । लिपुलेक हुँदै व्यावसायिक मार्ग खोल्ने भारत र चीनबीचको सहमति नेपालका लागि आपत्तिजनक छ भन्ने प्रतिष्ठानको निष्कर्ष छ ।’ नया पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस