काठमाडौं । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–२६ बरालडाँडा उपरचौर बस्ने वर्ष ४७ का शेरबहादुर राना भन्ने शेरबहादुर मगरलाई विसं २०७६ वैशाख १६ गते जवर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले १० वर्ष कैद र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने भनी फैसला गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका मगरलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा यही जेठ ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
पक्राउ परेका मगरलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाएकामा अदालतको आदेशले कारागार चलान गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ जेठ २०७७, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ