काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तनावग्रस्त पूर्वी भागमा जुलुश प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी एक अधिकारकर्मीको मृत्यु भएको आन्दोलनरत समूहले जानकारी गराएको छ ।
लुटेरा तथा लडाकू समूहका आक्रमणबाट प्रभावित रहँदै आएको बेनी शहरमा प्रहरीले गोली चलाएको थियो । घटनालाई लिएर दुई प्रहरी अधिकारीलाई पक्राउ गरिएको स्थानीय प्रहरी कार्यालयले जानकारी गराएको छ ।
बेनीस्थित एक रङ्गशालामा करिब २० व्यक्ति भेला भई स्थानीय लुचा समूहले आफूहरूमाथि भएका लुट र हत्याको विरोध गर्ने तयारी गरेका समय प्रहरीले गोली चलाएको आरोप स्थानीय मानवअधिकारवादी समूहले बताएको छ ।
मुश्लिम विद्रोहीहरूको अलिड डेकोक्र्याटिक फोर्स (एडीएफ) इस्लाम बहुल क्षेत्र रहेको बेनीमा सक्रिय रहेको छ । जहाँ सन् २०१४ को अक्टोबरदेखि हालसम्म करिब एक हजार सर्वसाधारणको हत्या भएको छ । स्थानीय नागरिकहरूले संयुक्त राष्ट्रसंघीय शान्ति सेना तथा कङ्गोली अधिकारीले आफुहरूको सुरक्षालाई प्रत्याभूत नगरेको भन्दै आन्दोलित भएका छन् ।
बिहीबारको जुलुशबाट पक्राउ गरी करिब एक दर्जनभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारकर्मीमाथि आक्रमण गर्ने प्रहरी अधिकारीलाई पनि छानविनका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ जेठ २०७७, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु