काठमाडौं । पर्यटन व्यवसायीले सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई पुनःजीवन दिने खालको बजेट नआएको बताएका छन् । पर्यटन व्यवसायीका विभिन्न छाता सङ्गठनले आज संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीको मर्म र भावना समेट्न नसकेको बताएका हुन् ।
ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरसको सङ्क्रमणबाट थला परेको पर्यटन उद्योगलाई राज्यले प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो । “भ्रमण वर्षलाई सफल बनाउन व्यापक लगानी गरेको पर्यटन क्षेत्रलाई बचाउने गरी बजेट आउनुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागार्इंले पर्यटन व्यवसायीहरुको लगानीको संरक्षण गर्ने र शिथिल भइसकेको व्यवसायलाई पुनःजीवन दिएर पुनःस्थापना गर्ने सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । “कोरोना महामारीको सङ्क्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीलाई पुनःउत्थान गर्ने कुनै पनि ठोस योजना नीति तथा कार्यक्रममा समेट्न नसक्नु दुःखद् कुरा हो”, उहाँले भन्नुभयो ।
टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले सरकारले पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ जेठ २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
नीति तथा कार्यक्रममाथिको छलफल सकियो
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला