काठमाडौँ । धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियार फेला परेको बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक सापकोटाले पक्राउ पर्नेको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको बताउनुभयो । पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ जेठ २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ