काठमाडौं । पोखरा महानगरपालिका–१४ समिनतारा बस्ने वर्ष २२ का विमल रानाभाटको एक महिनाअघि घनले हानेर हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
सोही स्थान बस्ने वर्ष २१ का ज्ञानबहादुर परियारले रानाभाटलाई घनले हानी हत्या गरी आफ्नै घर पछाडिको बारीको डिलमा गाडेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीसहित वर्ष १८ का सञ्जय दर्जी, वर्ष १८ का कुमार परियार र बागलुङ गलकोट घर भई हाल पोखरा–१४ बस्ने सागर परियारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
पक्राउ परेकाबाट शव गाडिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक दानबहादुर कार्कीको कमाण्डमा प्रहरी टोली खटिइ गएको थियो । प्रहरीले सोही स्थानबाट शव उत्खनन गरेको र शव सडेको अवस्थामा फेला परेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ जेठ २०७७, २२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ