काठमाडौं । पोखरा महानगरपालिका–१४ समिनतारा बस्ने वर्ष २२ का विमल रानाभाटको एक महिनाअघि घनले हानेर हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
सोही स्थान बस्ने वर्ष २१ का ज्ञानबहादुर परियारले रानाभाटलाई घनले हानी हत्या गरी आफ्नै घर पछाडिको बारीको डिलमा गाडेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीसहित वर्ष १८ का सञ्जय दर्जी, वर्ष १८ का कुमार परियार र बागलुङ गलकोट घर भई हाल पोखरा–१४ बस्ने सागर परियारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
पक्राउ परेकाबाट शव गाडिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक दानबहादुर कार्कीको कमाण्डमा प्रहरी टोली खटिइ गएको थियो । प्रहरीले सोही स्थानबाट शव उत्खनन गरेको र शव सडेको अवस्थामा फेला परेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ जेठ २०७७, २२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ