डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।
शुक्रबार राति करिब ८ बजेतिर खाना खाइसकेपछि लगातार उल्टी गर्न शुरु गरेपछि तीनैजनालाई त्रिपुराकोट बगरमा रहेको स्थानीय मेडिकलमा पु¥याइएको थियो । मेडिकलमा उपचार गर्न नसकिने बताएपछि तीनैजनालाई रातारात जिल्ला अस्पतालमा पु¥याइएको र उपचारका क्रममा सुकलालको मृत्यु भएको जिल्ला प्रहरी डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।
अचेत अवस्थामा रहेका दुवैजनालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले शनिबार दिउँसो करिब १२ बजेतिर माउन्टेन एयरको हेलिकप्टरमा उद्धार गरी सुर्खेत लगिएको रञ्जितकारले बताउनुभयो । घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ खटाइसकिएको बताइएको छ । उनीहरुले खाँदै गरेको खाना अनुसन्धानका लागि स्याम्पलका रुपमा लिइसकिएको प्रहरीले जनाएको छ । अस्पताल ल्याइपु¥याउन्जेल सुकलालको मृत्यु भइसकेको डा मेलिना हमालले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ जेठ २०७७, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु
बाटोमा चिप्लिएर काभ्रेमा २ जनाको मृत्यु
बेइजिङमा भीषण वर्षा र बाढी : ३० जनाको मृत्यु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु
चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु