काठमाडौँ । नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ ।
उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यकताअनुरुप नेपाली सेनाले प्रष्ट र जिम्मेवार ढङ्गबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जानकारी दिनुभयो ।
भारतीय सेना प्रमुख नरवानेले एक कार्यक्रममा मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा (एलएसी)लाई लिपुलेक हुँदै गएको उक्त सडकमा कुनै विरोधाभाष नभएको अभिव्यक्ति दिएपछि नेपाली सेनाको उक्त प्रतिक्रिया आएको हो । भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले यस विषयमा आपत्ति जनाउँदै प्रतिक्रिया दिइसकेको छ ।
यसअघि भारतले नेपालको उक्त क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेकामा नेपाल सरकारसहित सम्पूर्ण राजनीतिक दलले उक्त नक्सा सच्याउन भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ जेठ २०७७, २२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं: सेना
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय