नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०८२, १४ : ३७
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद

काठमाडौँ । नेपाली सेनाले एक वर्षको अवधिमा निकुञ्ज गस्ती गर्ने क्रममा ठुलो मात्रामा घरेलु हातहतियारदेखि बन्दुकसम्म बरामद गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा सेनाले निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूबाट ४२ थान विभिन्न प्रकारका बन्दुकहरू बरामद गरेको छ ।

त्यसैगरी १ हजार ९ सय ७६ वटा जाल तथा पासो पनि निकुञ्ज तथा आरक्षहरूबाट बरामद गरिएको नेपाली सेनाले बताएको छ । यही अवधिमा १ हजार ९ सय ६५ थान विभिन्न प्रकारका घरेलु हातहतियार पनि बरामद भएका छन् ।

प्रतिक्रिया दिनुहोस