चितवन । जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो ।
आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो सङ्ख्यामा नाम दर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार दर्ता भएका नाम भारतीय दूतावास पठाइएको छ । सङ्कलन गरिएको विवरणमा नाम, भारतको ठेगाना र कुन नाकामार्फत फर्कनु पर्ने हो विस्तृत जानकारी पठाइएको उहाँले बताउनुभयो ।
भारतीय राजदूतावासले जिल्लामा रहेका भारतीय नागरिकको विवरण सङ्कलन गरेर पठाइदिन आग्रह गरेपछि घर फर्कन चाहने भारतीय नागरिकको विवरण सङ्कलनका लागि प्रशासनले शुक्रबार सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गरेको थियो ।
सिम्खडाका अनुसार विवरण दूतावास पठाएपछि पनि केही व्यक्ति नाम छुटेको भन्दै सम्पर्कमा आएका छन् । ती नाम भने हालसम्म पठाइएको छैन । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा