विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्न बन्यो समिति

सफल खबर संवाददाता

बुधबार, २३ बैशाख २०८३, १७ : ०७
विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्न बन्यो समिति

काठमाडौं । विश्वविद्यालयहरूमा उपकुलपति सिफारिस गर्नका लागि सिफारिस समिति गठन भएको छ । प्रधानमन्त्री बालेन शाहले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा शिक्षा सचिव र योजना आयोगको शिक्षा हेर्ने सदस्य रहेका छन् ।

‘प्रधानमन्त्रीज्यूले शिक्षामन्त्रीको अध्यक्षतमा समिति गठन गर्नुभएको छ । अब प्रक्रिया अगाडि बढ्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘उपकुलपति आह्वानको लागि भोलिसम्ममा सार्वजनिक सूचना जारी हुन्छ ।’

सरकारले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस