मर्मतका लागि कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको ड्याम खोलिने

सफल खबर संवाददाता

विहीबार, २४ बैशाख २०८३, १४ : ५२
मर्मतका लागि कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको ड्याम खोलिने

गुल्मी । २५ वैशाख साँझदेखि कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको सरसफाइ एवं मर्मत गरिने भएको छ ।

साँझ ५ बजेदेखि सरसफाइ एवं मर्मत सम्भारका कार्य हुने भएकोले पावरहाउसका तीन वटै मेसिन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

सरसफाइ एवं मर्मतका समयमा सुरुङमार्फत पावरहाउसमा जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोलिने केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस