काठमाडौं । आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेट करको दर नभएर दायरा बढाइने गरी ल्याउन लागेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।
आइतबार सङ्घीय संसदमा आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा मन्त्री खतिवडाले कोरोनाको विश्व महामारीका कारण शिथिल भएको मुलुकको अर्थतन्त्र उत्थान गर्न र उच्च चपेटामा परेका निजी क्षेत्रको
समस्या सम्बोधन गर्न सरकारले बजेटमा करको दर नबढाउने तर दायरा बढाउने नीति ल्याउन लागेको जानकारी दिए ।
सोही क्रममा मन्त्री खतिवडाले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै कर छुट तथा सहुलियतका कार्यक्रमहरु समेत सरकारले ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।
मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्ये निजी क्षेत्र पनि एक प्रमुख क्षेत्र रहेकाले सो क्षेत्रको उत्थानका लागि सरकारले आन्तरिक तथा बाह्य लगानीलाई आकर्षित गर्ने खालका कार्यक्रमहरु समेत ल्याउन लागेको खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०७७, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा धेरै हेरफेर : अन्तःशुल्कमा परिवर्तन
अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने
ट्रम्पले दोहोर्याए ब्रिक्स राष्ट्रहरूलाई शत प्रतिशत कर लगाउने धम्की
बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्
२३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा