काठमाडौं । नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।
उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। यो विषयमा दिल्लीस्थित नेपाली दूतावास पनि वेखबर छ। दिल्लीस्थित नेपाली दूतावासमा कूटनीतिज्ञमात्र छैनन्। नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारी समेत छन्। उनीहरूले त्यहाँ भइरहेका गतिविधिबारे कुनै जानकारी परराष्ट्र मन्त्रालयलाई दिन सकेका छैनन ्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ०७२ को जेठ १ मा चीन भ्रमणका दौरान चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेका सहमतिमध्ये एक बुदाँमा लिपुलेकलाई भारत-चीनबीचको व्यापारिक नाका बनाउने निर्णय पनि थियो। नेपालको लिपुलेक भञ्ज्याङलाई चीन-भारतको व्यापारिक नाका बनाउने समझदारी नै अहिले कार्यावन्यनमा ल्याएको हो। उक्त सम्झौताबारे नेपाल बेखबर रहँदा लामो बहस र छलफल भएको थियो। तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले उक्त सम्झौताका विषयलाई लिएर दुवै मुलुकलाई कूटनीतिक नोट लेखेर आफ्नो भूभागमा किन यस्तो सहमति गरेको भन्दा र आफ्नो भूभाग रहेको प्रमाण पेस गर्दा पनि दुवै छिमेकबाट हालसम्म जवाफ आएको छैन।
उल्टै भारतले पाँच महिना अघि नयाँ राजनीतिक नक्सा जारी गर्नेक्रममा पनि लिपुलेक, लिम्पियाधुर लगायत क्षेत्र आफ्नोमा परेको थियो। गत कात्तिक १६ गते नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नोमा पारेर नक्सा जारी गरेको हो। नेपाली भूमि भारतमा ३ सय ९५ वर्ग किमी भन्दा बढी भूभाग आफ्नोमा पारेर नक्सा सार्वजनिक गरेपछि भारतको विरोध भएको थियो। सरकारले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको भन्दै नेपाल र भारतबीच कूटनीति छलफल भएको थियो। प्रधानमन्त्री केपी ओलीले उक्त भूभाग नेपालकै रहेको ठहर भएकाले फिर्ता हुने बताए पनि त्यसयता कुनै बैठक अघि बढेन। भारतले आधार तय गर्दै अहिले नेपाली भूमिमै चीनसँग सीमा जोड्ने नाकासम्म सडक मार्ग निर्माण गरेको छिपेको छैन। यसमा कूटनीतिक संयन्त्र बेखबर हुनु दुःखद रहेको यो क्षेत्रका विज्ञले बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २७ बैशाख २०७७, ०६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा