काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारद्वारा नियन्त्रणमा लिइएका अनिल शर्मा ‘विरही’लगायतका नेतालाई रिहा गर्न माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरही, इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदीलगायतलाई रिहा गर्न माग गरेका हुन् ।
लिस्नुबाट लडेर घाइते भएका विरही उपचारका लागि पुरानो मेडिकल कलेज पुग्दा अस्पतालबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सोही दिन नै अर्का नेता सुवेदी पनि चितवनबाट गिरफ्तारमा परेका थिए ।
कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै पार्टीले कारबाही स्थगन गरेको अवस्थामा सरकारले आतंक र हिंसा मच्चाएको आरोप विप्लव पक्षको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह