काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारद्वारा नियन्त्रणमा लिइएका अनिल शर्मा ‘विरही’लगायतका नेतालाई रिहा गर्न माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरही, इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदीलगायतलाई रिहा गर्न माग गरेका हुन् ।
लिस्नुबाट लडेर घाइते भएका विरही उपचारका लागि पुरानो मेडिकल कलेज पुग्दा अस्पतालबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सोही दिन नै अर्का नेता सुवेदी पनि चितवनबाट गिरफ्तारमा परेका थिए ।
कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै पार्टीले कारबाही स्थगन गरेको अवस्थामा सरकारले आतंक र हिंसा मच्चाएको आरोप विप्लव पक्षको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव