क्षेप्यास्त्रले इराकमा वायुसेनाको विमान ध्वस्त

एजेन्सी

मंगलबार, १७ चैत्र २०८२, ०८ : ०५
क्षेप्यास्त्रले इराकमा वायुसेनाको विमान ध्वस्त

एजेन्सी । इराकको रक्षा मन्त्रालयले मोहम्मद अला एयर बेसमा भएको क्षेप्यास्त्र आक्रमणमा वायुसेना विमान ध्वस्त भएको बताएको छ।

सोमबार बिहान बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आक्रमण भएको इराकको रक्षा मन्त्रालयले जनाएको छ। घाइते वा हताहत भएको रिपोर्ट भने गरिएको छैन।

इराकको रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा आक्रमणलाई 'सैन्य प्रतिष्ठान र तिनको रक्षा क्षमता कमजोर पार्ने कायरतापूर्ण र आपराधिक कार्य' भन्दै निन्दा गरेको छ।

यसअघि सोमबार बिहान सिरियाली अरब सेनाले इराकको सीमानजिकै रहेका आफ्ना धेरै सैन्य आधारमा ठुलो मात्रामा गरिएको ड्रोन आक्रमणलाई विफल पारिएको दाबी गरेको छ।

सेनाको अपरेसन कमान्डले सरकारी समाचार एजेन्सी सानालाई बताएअनुसार धेरैजसो ड्रोन रोकिएको तथा गोली हानी खसालिएको छ।