काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पाँचपटकका विजेता चेन्नाई सुपर किंग्सले खराज सुरुआत गरेको छ ।
सोमबार चेन्नाईले आईपीएलको पहिलो खेलमा राजस्थान रोयल्ससँग आठ विकेटको हार व्यहोरेको हो । भारतको गुवातीस्थित वार्सपारा क्रिकेट रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १२८ रनको कमजोर लक्ष्य राजस्थानले १२.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा ओपनर वैभव सूर्यवंशीले ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले ५२ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । पहिलो विकेटको निम्ति उनले ओपनर याशास्वी जैशवालसँग ७५ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ओपनर जैशवालले ३८ रन जोडे । धुव्र जुरेलले १८ र कप्तान रियान पारागले १४ रन बनाए ।
चेन्नाईका निम्ति दुवै विकेट अन्सुल कम्बोजले लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले राजस्थानविरुद्ध निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर .१२७ रनको योगफल खडा गरेको थियो ।
छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका जेमि ओभर्टनले सर्वाधिक ४३ रन बनाए । ओभर्टनले ३६ बलमा समान दुई चौका र छक्का प्रहार गरे । कार्तिक शर्माले १८ रन जोडे । शरफराज खानले १७ रन बनाए ।
शीर्षक्रम चल्ननसक्दा सञ्जु सामसन, शिभम दुवे र कप्तान रुतुराज गायक्वाडले समान ६ रन जोडे । आयुष मेहत्रा डक आउट भए । म्याथ्यु शर्ट दुई रन बनाएर पभेलियन फर्किए । अन्सुल कम्बोजले सात, म्याट हेनरीले पाँच र नुर अहमदले एक रन बनाए ।
राजस्थानका जोफ्रा आर्चर, नन्द्रे बरगर र रविन्द्र जाडेजाले समान दुई विकेट लिए । व्रजेश शर्मा र रवि विशोनीले समान एक विकेट लिए ।
यो जितसँगै राजस्थानले प्रतियोगितामा विजयी सुरुआत गरेको छ । राजस्थानले पहिलो खेलमै जित हासिल गर्दै तालिकामा दुई अंक जोडेको छ । पराजित चेन्नाईले भने हारसँगै प्रतियोगितामा खराब सुरुआत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल: मुम्बईको ऐतिहासिक जित
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा