काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०८२, ०८ : २९
काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । उनलाई प्रहरीले आज बिहानै (मंगलबार) पक्राउ गरेको हो ।

गत भदौं २३ र २४ को जेनजी आन्दोलन दवाउन उनी काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) भएर काम गरेको र त्यसमा अनुसन्धानका लागि भन्दै रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यही विषयमा छानबिनका लागि प्रहरीले तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरी असन्धान गरिरहेको छ । उनीहरु दुवै जनालाई अदालतले ५ दिनको म्याद थप गर्न प्रहरीलाई अनुमति दिएका थिए । 

आज पक्राउ परेका रिजाल तत्कालिन गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दम्पत्तिका विश्वासपात्र थिए । उनी जेनजी आन्दोलन हुनु करिव एक महिना अगाडी मात्रै काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएका थिए । घटना लगत्तै उनी बर्हिगमनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस