काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था सुदृढ पार्न निर्देशन दिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले फिल्डमा खटिएका सुरक्षाकर्मीलाई आइतबार प्रत्यक्ष रूपमा निर्देशन दिएका हुन्।
माइतीघर क्षेत्रमै सुरक्षाकर्मीलाई सम्बोधन गर्दै उनले शान्ति-सुरक्षामा कुनै कमी हुन नदिन तथा हिंसात्मक गतिविधिमा संलग्न हुने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्पष्ट निर्देशन दिएका छन्।
उनीहरू पक्राउ परेसँगै राजनीतिक गतिविधि बढ्ने संकेत देखिएपछि राजधानीसहित विभिन्न जिल्लामा सतर्कता बढाइएको हो। यसअघि शनिबार माइतीघर क्षेत्रमा प्रदर्शन भइसकेको र आइतबार विभिन्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रमसहित थप प्रदर्शनको तयारी भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, १२ : ५१
लेखकबाट थप