नेपालगन्ज । निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा तरकारी किनमेल गर्नेको भिड बढेपछि प्रहरीले हटाउन खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुडा गरेका छन् ।
नेपालगंजको त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । नेपालगंजमा कोरोना संक्रमित बिरामीको संख्या बढेसंगै स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका स्थानिय प्रशासनको निर्देशन अनुसार बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो ।
सोही क्रममा रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा स्थानिय र प्रहरी बिच विवाद उत्पन्न भएको थियो । विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेपछि त्यसको विरोधमा स्थानियले निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा ढुंगामुडा गरेको प्रहरीको भनाई छ ।
स्थानीयले भने प्रशासनले पसल खोल्नु भनेको समयसमा खोल्दा पनि प्रहीले कुटपिटसंगै दुव्र्यहार गरेको दाबी गरेका छन् । अहिले अवस्था सामान्य बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना