काठमाडौँ । नेकपा सचिवालयको शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘नाटकीय’ रूपमा परिवर्तन भए । बैठक सुरु हुनुअघिसम्मको स्थितिअनुसार उनी शनिबार पनि त्यसैगरी कड्किनुपर्ने हो, जसरी बुधबार प्रस्तुत भएका थिए ।
तर माहोल एकाएक शान्त र शालीन बनेपछि बैठकमा उपस्थित अरू सचिवालय सदस्यहरू पनि छक्क परे । वरिष्ठ नेता माधवकुमार नेपालले त पार्टी विधि र पद्धतिमा चलाउने र आपसी सहमतिका आधारमा अघि बढ्ने अध्यक्षद्वयको प्रतिबद्धतालाई ‘शंकाको सुविधा’ सहित हेर्ने प्रतिक्रिया दिए ।
बुधबार गर्मागर्मी वादविवाद गरेर बाहिरिएका नेकपा सचिवालय सदस्यहरूको शनिबार साँझको छलफल सौहार्दपूर्ण रूपमा कसरी अगाडि बढ्यो ? बराबरी हैसियतमा बसेर अध्यक्षद्वय केपी शर्मा ओली र दाहालले पार्टी एकताबारे उस्तै खालको अभिव्यक्ति दिन कसरी सम्भव भयो ? जबकि बुधबारको बैठकमा दाहालको आक्रोश, शुक्रबार ओली र दाहालबीचको भेटमा भएका असमझदारी र शनिबार दिउँसोसम्मको राजनीतिक घटनाक्रमले सचिवालयको बैठक बहुमत–अल्पमतकै लडाइँमा पुगेर रोकिन्छ भन्ने आकलन स्वयं नेताहरूले पनि गरेका थिए ।
हामीले अध्यक्षद्वय, वरिष्ठ नेता नेपाल र सचिवालय सदस्यहरूको ब्रिफिङ सुनेका केही नेतासँग कुराकानी गरेपछि शनिबार ओली र दाहालबीच भएका छलफल र सहमतिको फेहरिस्त निकालेका छौं । त्यसको पृष्ठभूमिमा प्रधानमन्त्रीका लागि चर्चामा आएका पार्टी उपाध्यक्ष वामदेव गौतमको निर्णयले ‘भूमिका’ खेलेको देखिन्छ । नेकपाको शक्ति सन्तुलनमा रोमाञ्चक तरिकाले परिवर्तन हुनुको कारण गौतमकै भूमिकाबाट खोतल्न सुरु गरौं । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २२ बैशाख २०७७, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ