काठमाडौँ । नेकपा सचिवालयको शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘नाटकीय’ रूपमा परिवर्तन भए । बैठक सुरु हुनुअघिसम्मको स्थितिअनुसार उनी शनिबार पनि त्यसैगरी कड्किनुपर्ने हो, जसरी बुधबार प्रस्तुत भएका थिए ।
तर माहोल एकाएक शान्त र शालीन बनेपछि बैठकमा उपस्थित अरू सचिवालय सदस्यहरू पनि छक्क परे । वरिष्ठ नेता माधवकुमार नेपालले त पार्टी विधि र पद्धतिमा चलाउने र आपसी सहमतिका आधारमा अघि बढ्ने अध्यक्षद्वयको प्रतिबद्धतालाई ‘शंकाको सुविधा’ सहित हेर्ने प्रतिक्रिया दिए ।
बुधबार गर्मागर्मी वादविवाद गरेर बाहिरिएका नेकपा सचिवालय सदस्यहरूको शनिबार साँझको छलफल सौहार्दपूर्ण रूपमा कसरी अगाडि बढ्यो ? बराबरी हैसियतमा बसेर अध्यक्षद्वय केपी शर्मा ओली र दाहालले पार्टी एकताबारे उस्तै खालको अभिव्यक्ति दिन कसरी सम्भव भयो ? जबकि बुधबारको बैठकमा दाहालको आक्रोश, शुक्रबार ओली र दाहालबीचको भेटमा भएका असमझदारी र शनिबार दिउँसोसम्मको राजनीतिक घटनाक्रमले सचिवालयको बैठक बहुमत–अल्पमतकै लडाइँमा पुगेर रोकिन्छ भन्ने आकलन स्वयं नेताहरूले पनि गरेका थिए ।
हामीले अध्यक्षद्वय, वरिष्ठ नेता नेपाल र सचिवालय सदस्यहरूको ब्रिफिङ सुनेका केही नेतासँग कुराकानी गरेपछि शनिबार ओली र दाहालबीच भएका छलफल र सहमतिको फेहरिस्त निकालेका छौं । त्यसको पृष्ठभूमिमा प्रधानमन्त्रीका लागि चर्चामा आएका पार्टी उपाध्यक्ष वामदेव गौतमको निर्णयले ‘भूमिका’ खेलेको देखिन्छ । नेकपाको शक्ति सन्तुलनमा रोमाञ्चक तरिकाले परिवर्तन हुनुको कारण गौतमकै भूमिकाबाट खोतल्न सुरु गरौं । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २२ बैशाख २०७७, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई