काठमाडौं । गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीयf युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
त्यस्तै सोही घटनामा प्रहरीसँग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुससहित वडा नं ११ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० बैशाख २०७७, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ