काठमाडौं । सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेका बेला उत्तरी छिमेकी चीनको सक्रियता बढेको छ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितका बहुमत सचिवालय सदस्य उनको विपक्षमा मोर्चाबन्दीमा छन्।
पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट ओलीलाई हटाउनुपर्ने आवाज उठ्नुका साथै स्थायी कमिटीको बैठक माग हुँदै आएको छ। प्रधानमन्त्री ओलीले भने त्यसलाई टार्दै सचिवालय बैठकमा सीमित हुँदा नेकपाको विवाद उत्कर्षतर्फ उन्मुख भइरहेको छ। यही अवस्थामा नेपालस्थित चिनियाँ राजदूत होउ याङछीले नेकपाका नेताहरुसँगको भेटघाट तीव्र बनाएकी छन्।
राजदूत याङछीले शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवास खुमलटार पुगेर भेट गरेकी छन्। दाहाललाई भेटेलगत्तै याङछीले नेता माधव नेपालसँग पनि भेट गरिन्। उनले बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् भने सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेकी थिइन्। सोमबार नै राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच टेलिफोन संवाद भएको थियो।
त्यस्तै बुधबार चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले नेकपाका विदेश विभाग प्रमुख नेपाल, उपपप्रधानमन्त्री ईश्वर पोख्रेल र प्रदेश इन्चार्जहरुसँग भिडियो कन्फरेन्स गरेका थिए। नागरिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० बैशाख २०७७, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ